पोखरामा जुवातास खेलिरहेको अवस्थामा ४ लाख बढी नगदसहित ७ जना प्रकाउ

पाेखरा | भदौ ७, २०८०

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ४ लाख बढी नगदसहित ७ जना प्रकाउ

पोखरा:   पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार  ८० रुपैयाँसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

 इन्द्रबहादुर हिराचनले संचालन गरेको होटलमा जुवातास खेल्दै गरेको अवस्थामा मुस्ताङको घोरपझोङ गाउँपालिका २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, ५८ वर्षीय मोहन थकाली, ४६ वर्षीय नविन प्रसाद थकाली प्रकाउ परेका हुन् । 

 

यस्तै पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन र दलबहादुर हिराचनलाई प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

प्रकाउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्