पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा वर्षाको मृत्यु
पाेखरा | भदौ ११, २०८०
Photo: A.R. Paudel
पोखरा: पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ ।
ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

