अष्ट्रेलिया पठाउने भन्दै ९ लाख ठगी गर्ने केशरी पक्राउ
काठमाडाैं | भदौ २२, २०८०
काठमाडौं: वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् ।
अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

