फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधि
पाेखरा | भदौ २५, २०८०
पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी बिद्यालयस्तरिय पहिलो ५ र ५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ ।
फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।
त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए।पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १० हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।
मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

