पोखरामा लागूऔषधसहित २ युवक पक्राउ
पाेखरा | भदौ २६, २०८०
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नागबेली मार्ग बस्ने २५ वर्षीय बाल आले र सिराहा घर भई हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ रहेका छन् ।
उनीहरुलाई गत २५ गते बजे पोखरा महानगरपालिका वडा नं. १५ नागबेली मार्गमा लागुऔषध विक्री गरिरहेका सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ ।
हाल जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

