मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी
पाेखरा | असोज १२, २०८०
पोखरा: मणिपाल अस्पताल प्रकरण तीनदिनपछि ६ बुँदे सहमतिसहित मिलेको छ ।
गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजारकी सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतक परिवारबीच विवाद सिर्जना भएको थियो ।
दुराको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार आन्दोलित थिए । सोही क्रममा डाक्टरमाथि हातपात भएपछि विवादले उग्र रुप लिएको थियो । त्यसैकारण चिकित्सक समूह अनिश्चितकालिन आन्दोलनमा उत्रेका थिए ।
चिकित्सक पक्ष र मृतक पक्षलाई सँगै राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा वार्ता भएपनि निष्कर्ष विहिन बनेको थियो । उनीहरुले आ–आफ्नो मागमा अडा राखेपछि टुंगो लाग्न सकेको थिएन । तर बिहीबारको वार्ताबाट टुंगो लागेको छ । सहमतिपछि मृतक दुराको शव उठाउने तयारी गरिएको पारिवारिक निकट स्रोतले बताएको छ ।
यस्तो छ, ६ बुँदे सहमति
६ बुँदे सहमतिमा मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।
यस्तै विनय गुरुङ अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार भएका घटनामा यथाशीघ्र कानुनी उपचारको सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

