बिरौटाका क्षितिज फुर्सेखालामा मृत फेला

पाेखरा | असोज १४, २०८०

बिरौटाका क्षितिज फुर्सेखालामा मृत फेला सांकेतिक तस्वीर

पोखरा:   पोखरा महानगरपालिका १७ फुर्सेखोलामा क्षितिज बस्याल मृत फेला परेका छन् । 


पोखरा महानगर १७ बिरौटा हनुमान टोल बस्ने १४ बर्षीय बस्यालको शव फुर्सेखोलामा हिजो (शनिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


खोलामा शव अड्किएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए । बस्यालको शव अहिले पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ । 


फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्