मणिपाल काण्ड: उठ्यो सुकमायाको शव, अन्तेष्टि गर्न लमजुङ लगिदैं

पाेखरा | असोज १६, २०८०

मणिपाल काण्ड: उठ्यो सुकमायाको शव, अन्तेष्टि  गर्न लमजुङ लगिदैं

पोखरा:   पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुकमाया दुराको शव ८ दिनपछि परिवारले बुझेको छ ।


लमजुङको सुन्दरबजार नगरपालिकाकी सुकमाया दुराको गत असोज ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृतककी छोरी तिला दुराकी अनुसार अहिले अन्तेष्टिका लागि गृह जिल्ला लगिएको छ । ‘आज बुझेर घर लैजादैं छौ,’ तिलाले सुनगाभा न्यूजँग भनिन् ।


दुरा परिवार र मणिपालका चिकित्सकबीच केहीदिनअघि ६ बुँदें सहमति भएपछि अस्पताल तोडफोडमा संलग्न ७ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेपछि शव उठेको थिएन । 


सुनगाभा न्यूजलाई प्राप्त विशेष सूचनामा शव उठाउन दुरा परिवारलाई कास्की प्रशासनको दबाव आएको बताइएको थियो । सो विषयमा दुरा परिवारका एक सदस्यसँग प्रश्न गर्दा अन्त्येष्टिको केही दिनमा बोल्ने भन्दै थप कुराकानी गर्न चाहेनन् । 


उनका अनुसार दुरालाई असोज ७ गते उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा असोज ८ गते दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो । 


त्यसपछि चिकित्सक पक्ष र मृतक परिवार पक्ष आन्दोलनमा उत्रेको थियो । अहिले दुरा परिवार र चिकित्सक पक्षबीच ६ बुँदें सहमति भएपछि सबै आन्दोलन स्थगित गरिएको छ ।


 

यो पनि पढ्नुहोस

 

 

तर कास्की प्रहरीले अस्पतालमा तोडफोड गरेको भन्दै हालसम्म विनय गुरुङसहित ९ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्ष ऐन, २०६६ अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको बताइएको छ ।

 

अन्य फरार रहेका करिब २० जनाको समूहलाई खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।


 

यो पनि पढ्नुहोस

 

 
 

 

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्