डलर भन्दै कागजका टुक्रा दिएर रु ८ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडाैं | असार ७, २०७९

डलर भन्दै कागजका टुक्रा दिएर रु ८ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ


काठमाण्डौँ :      डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो । “श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,”– उहाँले भन्नुभयो ।

 

पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताउनुभयो । 

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्

पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...

थप पढ्नुहोस्

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्