उफ्फ ! श्राद्ध गर्दै सेतीमा हेलिए सिग्देल
पाेखरा | असोज २६, २०८०
पाेखरा: गत बुधबार तिथी परेपछि पितृको श्राद्ध गर्न गाइघाटस्थित सेती किनारमा पुगेका कृष्ण सिग्देलको अवस्था अज्ञात छ ।
स्याङ्जा हरिनास गाउँपालिका ३ का २३ वर्षीय सिग्देलको अवस्था उक्त दिन दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
श्राद्ध गर्नेक्रममा सिग्देललाई सेती नदीले बगाएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बगरले खोजी कार्य सुरु गरेको थियो ।
तत्कालै प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गण पोखराको उद्धार टोलीले सिग्देलको खोजी गरेपनि उनी भेटिएका छैनन् ।
सिग्देलको खोजी कार्य जारी रहेको जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विक बताउँछन् ।
उक्त समयमा सोही स्थानमा रहेका प्रत्यक्षदर्शीका अनुसार श्राद्धकाक्रममा पितृलाई तर्पण दिन सिग्देल नदीतर्फ लागेका थिए । त्यसपछि झन् नदीभित्र अघि बढेपछि उनलाई अघि नबढ्न र फर्कन भनिएको थियो ।
किनारबाट बोलाएको आवाजलाई बेवास्ता गर्दै उनी बिस्तारै उत्तरतर्फ बढ्दै गए । त्यसपछि नदीको सतह गहिरो भएको ठाउँमा पुगेपछि सिग्देलले आकाशतर्फ हेर्दै हात जोडेर नमस्ते गरी अलप भएको बताइएको छ ।
त्यसपश्चात् उनको खोजतलाश जारी छ ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

