झारफुक गर्ने भन्दै मसानघाटमा लगेर महिलालाई बलात्कार
काठमाडाैं | कात्तिक १२, २०८०
सांकेतिक तस्बिर
महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो।
गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए।
‘तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले भनेका रहेछन्। महिलामाथि बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले भने।
ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

