पोखरामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा
पाेखरा | कात्तिक १२, २०८०
पोखरा: पोखरामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले विश्व शान्ति पूजा हुने भएको छ ।
खहरे लेकसाइड स्ट्रिट नम्बर २० स्थित पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने भएको आइतवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
बैदाम तामाङ सेवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ ।
विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनका अनुसार उक्त कार्यक्रमलाई सफल पार्न कास्कीमा रहेका तामाङ समुदायको साथ रहनेछ ।
देश तथा विदेशका १०८ जना लामा गुरुबाट लगातार ८ औं दिनसम्म पूजा चल्नेछ । पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाले बताए ।
मंसिर २ गते शान्तिको दिप प्रज्वलन(कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको व्यानर उद्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना, गितले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे श्रद्धय धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराए। उनका अनुसार कार्यक्रमको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासाङ्ग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ ।
मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनहरुलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ्ग वाङ आर्शिवाद प्राप्ती हुने आयोजकले जनाएको छ । बुद्ध वाचन, आर्य तारा (डोल्मा),तनागोसुम पूजा,गण चत्र (रिव साङ) पूजा,लामा छ्याम(लामा नृत्य),राप्ने (प्राण प्रचिष्ठा),वाङ(अभिषेक) लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
बुद्ध धर्ममा आस्था राख्ने देश विदेशका मानिसलाई पोखरा भित्र्याउने लक्ष्यका साथ विश्व शान्ति पूजाको आयोजना गरिएको पाल्देन लामाले बताए ।
२०७२ मंसिर २० गते स्थापना भएको पेमा छेछेनलिङ गुम्बा करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । गुम्बामा राखिएको भगवान गौतम बुद्धको मुर्ती बेसबाट २८ फिट अग्लो रहेको जनाइएको छ । गुम्बा वरिपरिका संरचनाहरु अहिले पनि निर्माण हुँदैछन् ।
विभिन्न पवित्र स्थलबाट सामग्री संकलन गरी ८ करोड ८ लाख ८ हजार ८ सय ८ बुद्ध मन्त्रको साथमा बुद्धको प्रतिमा तयार गरिएको गरिएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

