पोखरामा पुष्प मेला सुरु

पाेखरा | कात्तिक १७, २०८०

पोखरामा पुष्प मेला सुरु

पोखरा:    पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँठो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । 

 

पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

 
मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले  व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् । 


व्यापार भन्दा पनि प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । फुल आवश्यक परेमा वडा स्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न उहाँले अनुरोध पनि गर्नुभयो । 


पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्