स्थानीय निकायमा झन्झन् बढ्यो भ्रष्टाचार, अख्तियारमा उजुरीका चाङ्
पाेखरा | कात्तिक २०, २०८०
पोखराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय निकायविरुद्ध भ्रष्टाचारको उजुरी ह्वात्तै बढेको छ ।
आयोगले हालै प्रकाशित गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने उजुरीमध्ये आधा हिस्सा स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारसँग सम्बन्धित छ । प्रतिवेदनमा परेका उजुरीमध्ये ५२ प्रतिशत हिस्सा स्थानीय तहसम्बद्ध निकायविरुद्ध परेको देखिन्छ ।
आयोगका प्रवक्ता भोला दाहाल भन्छन् ‘खरिद निर्माणका काम गर्दा सार्वजनिक खरिद ऐन, नियमको पालना गरिएको देखिएन, सबै निकायलाई भन्न मिल्दैन तर अधिकांशले ऐन पालना नगरेको पाइएको छ ।’
स्थानीय तहले ऐन पालना गर्ने परिपाटी नभएको मात्र हैन निर्धारित समयमा काम नसक्दा पनि कागजीरुपमा कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानी दिइएको पाइएको प्रवक्ता दाहालले बताएका छन् ।

‘पालिकातर्फबाट सिफारिश दिन, अनुदान दिन, करारमा कर्मचारी भर्ना गर्न घुस मागिएको विषयमा उजुरीमा उल्लेख छ’ दाहालले भने ‘स्थानीय पदाधिकारीको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टले काम गरेको पाइएको छ ।’
स्थानीय तहले उपभोक्ता समिति गठन गर्ने र अनुदान दिँदा आफ्नो लाइनको मान्छे हेर्दा त्यसको नतीजा सकारात्मक नभएको दाहालले उल्लेख गरेका छन् । ‘संघले जस्तै स्थानीय तहले विभिन्न सल्लाहकार नियुक्त गर्ने, नीति एवं योजना आयोग निर्माण गरी उपाध्यक्ष लगायतका पदाधिकारी राख्ने परिपाटीले भ्रष्टाचार बढेको आयोगको ठहर छ’ उनले भने ।
विकास निर्माणमा जटिल प्रकृतिका काम पनि उपभोक्ता समितिमार्फत गराउँदा रकमको दुरुपयोग हुने गरेको पाइएको भन्दै उनले त्यस्ता उपभोक्ता समितिको क्षमता मूल्यांकन गर्न नसक्दा विकासकै गतिमा असर पारेको उनले प्रष्ट्याए ।
‘स्थानीय पदाधिकारीहरुको आफ्नै सवारी साधन र डोजर लगायतका सामग्री प्रयोग गर्दा बजार दरभन्दा बढी भुक्तानी हुने गरेको आयोगको ठहर छ । दाहाल भन्छन् ‘अनुदान वितरणमा आसेपासे र आफ्ना कार्यकर्ता च्याप्ने शैली वर्षेनी बढेको पाइएको छ ।’

आयोगले राष्ट्रपतिलाई बुझाएको तेत्तिसौं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार २० हजार ९०५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७ हजार १६२ अघिल्लो आर्थिक वर्षबाट सरिआएका हुन् । आयोगका अनुसार ६६ प्रतिशत उजुरी फछर्याैट भएका छन् ।
कूल उजुरीमध्ये करिब पचास प्रतिशत आयोगको मुख्य कार्यालयमा दर्ता भएका छन् । सबैभन्दा कम उजुरी (३ प्रतिशत) नेपालगञ्जमा परेको छ भने पोखरा कार्यालयमा ५ प्रतिशत रहेको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

