बीस रुपैयाँ नतिरेको निहुँमा वृद्धाको हत्या, गोपाल प्रकाउ
अर्घाखाँची | कात्तिक २३, २०८०

अर्घाखाँची: अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको ज्यान गएको छ। मालारानी गाउँपालिका(९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका अनुसन्धानबाट रहस्य खुलेको हो।
मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए।
गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्विकार गरेका छन्।
हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो।
नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक पनि गरेको छ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...