पोखरामा विप्लव नेतृत्वको मसाल जुलुसको तयारी

पाेखरा | मंसिर १९, २०८०

पोखरामा विप्लव नेतृत्वको मसाल जुलुसको तयारी तस्बिर फाइल

पोखरा:    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आज पोखरामा मसाल जुलुसको तयारी गरेको छ । 


काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहितका नेताहरुलाई प्रकाउ पुर्जी जारी गरेको विरोधमा केन्द्रको सर्कुलर अनुसार आज पोखराको लखनचोकमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएको कास्कीका एक नेताले सुनगाभा न्यूजसँग बताए । 


‘जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ’, ती नेताले भने, ‘पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य हो, त्यसको विरोध स्वरुप केन्द्रले संघर्षको कार्यक्रम घोषणा गरेको छ त्यसैअनुसार हामीले पनि पोखरामा मसाल जुलुस निकाल्न लागेको हो ।’


उनका अनुसार मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । 


 

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्