भदौरेमा पुषको पहिलो साता ‘रजत महोत्सव’, फुटबलको उपाधि राशी १ लाख रुपैयाँ

पाेखरा | मंसिर १९, २०८०

भदौरेमा पुषको पहिलो साता ‘रजत महोत्सव’, फुटबलको उपाधि राशी १ लाख रुपैयाँ

पोखरा:   भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिका ४ भदौरेमा ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । 

 

आगामी पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी थालिएको छ । 

 

महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना गरी मनाइने क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए ।

 

 

उनका अनुसार तमु ल्होसारको अवसरमा आयोजना हुने सो महोत्सवमा विशेष आकर्षणका रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।

 

प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक विश्वदल गुरुङले जानकारी दिए ।

 

उनका अनुसार उपविजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ  भने अन्तिम चार (सेमिफाइनल) मा पुग्ने दुई टिमलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि आयोजकले दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरेको छ ।

 

महोत्सवमा खेलकुदसँगै साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्