विमानस्थलबाट १४ किलो सुनसहित घले प्रकाउ
काठमाडाैं | मंसिर २२, २०८०
काठमाडौं: गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका चन्द्र घले १४ किलो सुनसहित प्रकाउ परेका छन् ।
प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित घलेलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।
घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौं उत्रेका थिए ।
डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ ।
शरिरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।
केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

