सती कथा संग्रहको विमोचन

काठमाडाैं | मंसिर २४, २०८०

सती कथा संग्रहको विमोचन

कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ ।

 

कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो ।    समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ ।

 

कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताउनुुभयो । समाजिक यथार्थता, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उहाँले बताउनुुभयो ।

 

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह(बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य(आरसी) लगायतले बोल्नुुभएको थियो । 

मुस्ताङ:  प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...

थप पढ्नुहोस्

पोखरा:  शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

थप पढ्नुहोस्