१७ वर्षीय बालकले पोखराबाट बस चोरी गरेर चितवन पुर्याएपछि...
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरा पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरी गरेको आरोपमा प्रहरीले चितवनबाट एक बालकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति पृथ्वीचोकमा पार्किङ गरी राखेको बस हराएको सूचनापछि खोजी कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले चितवन प्रहरीको सहयोगमा बससहित चोरी गर्ने एक बालकलाई नियन्त्रणमा लिएको हो ।
पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस हराएको सूचनापछि खोजी गर्दा चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा बस चलाउँदै गरेको अवस्थामा तनहुँको म्याग्दे गाउँपालिका ३ घर भएका १७ बर्षीय बालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

