पोखराको विभिन्न स्थानबाट ५ जना लागूऔषधसहित प्रकाउ
पाेखरा | पुस १, २०८०

पोखरा: पोखराको विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आज पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रकाउ गरेको हो ।
प्रहरीले चितवनको रत्ननगर–९ स्थायी घर भएर पोखरा महानगरपालिका–६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठको कोठाबाट १ किलो लागूऔषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) र पोखरा १७ ड्यामसाईड बस्ने २१ वर्षीय बिजन सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने पदार्थ सहित प्रकाउ गरेको हो ।
यस्तै पोखरा रंगशाला गेट अगाडी रहेको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा खाजा घरका सञ्चालक ४९ वर्षीय देवीमाया गुरुङलाई लुकाईछिपाई राखेको १ किलो २ सय ८० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ र ८७ हजार ४ सय ३५ रुपैयाँसहित प्रहरीले प्रकाउ गरेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा–८ बगालेटोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा–९ न्यूरोड बस्ने ३३ वर्षीय बिष्णु कुँवरको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरेर १२० एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधसहित प्रकाउ परेका पाँचै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: ४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ । ...
पोखरा: पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य ...
पोखरा: सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख...