बाह्रौँ पोखरा महोत्सवको तयारी तीव्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला
पाेखरा | पुस ४, २०८०
पोखरा: बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीव्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ र गोविन्द घिमिरे लगायतले आ–आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए ।
महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्ने अठोटका साथ सम्पूर्ण गण्डकी प्रदेशबासी र विभिन्न निकायका सरकारी संघ संस्था लगायत अन्य संघ संस्था, महिला समुह लगायत सम्पूर्ण अवलोकन कर्ताको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौँ संस्करण सम्म आइपुगेका र बाह्रौँ पोखरा महोत्सवलाई पनि सफल बनाउनका लागि पूर्ण सहयोगको अपेक्षा ब्यक्त गरे । त्यसैगरी बाह्रौँ पोखरा महोत्सवको अन्य विवरणहरु क्रमश संप्रेशण हुने जानकारी दिने क्लबका महासचिव एवं बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले कार्यक्रममा उपस्थित भएकाहरुले स्वागत गरेका थिए ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

