अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा आउँदै गरेको ५ वटा टिप्पर एक्यापको नियन्त्रणमा

पाेखरा | पुस ४, २०८०

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा आउँदै गरेको ५ वटा टिप्पर एक्यापको नियन्त्रणमा

पोखरा:  अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ । 


अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो । 


एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्

विराटनगर:    दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्‍याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...

थप पढ्नुहोस्

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...

थप पढ्नुहोस्