चरक अस्पतालको सहयोगमा म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर, ६५० जना लाभान्वित

म्याग्दी | पुस ८, २०८०

चरक अस्पतालको सहयोगमा म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर, ६५० जना लाभान्वित

पोखरा:  पोखरा महानगरपालिका ९ नागढुंगास्थित चरक अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
 

लायन इन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता सम्पन्न शिबिरबाट कुल ६ सय ५० जनाले लाभ लिएका छन् ।

 

बेनी नगरपालिको नेप्टेचौरस्थित राष्ट्रिय मावि प्राङ्गणमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिदैें चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बिरामीको अवस्था अनुसार औषधिसमेत वितरण गरिएको जानकारी दिए । 

 

उनका अनुसार सो शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको थियो ।

 

सो शिविरमा डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।

 

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक बलबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।

 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्