रविलाई मकैको खोया हान्ने रानाभाटलाई १० दिनको म्याद थप

पाेखरा | पुस ८, २०८०

रविलाई मकैको खोया हान्ने रानाभाटलाई १० दिनको म्याद थप

पोखरा:  पोखरा रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई कास्की प्रहरीले थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।

 

अनुसन्धानका लागि लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप भएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

 

कास्की प्रहरीका अनुसार रानाभाटमाथि सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।

 

रानाभाटले शनिबार पोखराको अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला रविलाई मकैको खोया प्रहार गरेका थिए ।


 

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्