रविलाई मकैको खोया हान्ने रानाभाटलाई १० दिनको म्याद थप
पाेखरा | पुस ८, २०८०
पोखरा: पोखरा रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई कास्की प्रहरीले थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।
अनुसन्धानका लागि लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप भएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्रवण कुमार बिकले जानकारी दिए ।
कास्की प्रहरीका अनुसार रानाभाटमाथि सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।
रानाभाटले शनिबार पोखराको अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला रविलाई मकैको खोया प्रहार गरेका थिए ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

