पोखरामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरी नियन्त्रणमा
मृतक एक जनाको सनाखत भएन
पाेखरा | पुस ११, २०८०
पोखरा: पोखरामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गएराति आफै प्रहरीको सम्पर्कमा आएका छन् । पोखराको बागलुङ बसपार्कबाट जिरोकिलोमिटर जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।
दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् ।
गुरुङले तीव्र गतिमा चलाएको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।
कारको ठक्करको मृत्यु भएको अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

