करापुटार समाजको रक्तदानमा ५१ युनिट संकलन
पाेखरा | पुस १५, २०८०
पोखरा: ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
पोखरा अमरसिंहचोकमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुखमा साथ दिन खोलीएको संस्थाले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गर्नु प्रसंशनिय रहेको बताउनुभयो । उहाँले संस्थालाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधै साथ रहने बताउनुभयो ।
रक्तसंचार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका वडा नं। ७ का पुर्व वडाअध्यक्ष गगन घिमिरे, कुसुमाकर मावि करापुटारका प्रधानध्यापक ध्रुवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सहसचिव एवं रक्तदान कार्यक्रमका संयोजक प्रल्हाद चन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

