पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स इच्छुक

पाेखरा | पुस १८, २०८०

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स इच्छुक

पोखरा:    हिमालय एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न इच्छा देखाएको छ । हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोङले मंगलबार पोखरामा पर्यटनकर्मीहरु माझ उक्त इच्छा प्रकट गरेका हुन् ।


पोखरा पर्यटन परिषदको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, र पोखराका पर्यटन व्यवसायीका बीच भएको अन्तर्क्रियामा अध्यक्ष झाओले राष्ट्रिय उडान गर्न चिनियाँ र नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गर्नुपर्ने खाँचो पनि औंल्याए ।


उनले विश्वमा वार्षिक रुपमा १० करोड चिनिया पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतिशतमात्र नेपाल ल्याउन सम्भव रहेको बताए । उनले कम्बोडियाले २ वर्षमा चिनियाँ पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुर्याएको उदाहरण दिए ।


उनले पोखराको प्राकृतिक सुन्दरता, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको पनि सुनाए । नेपाल सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि आकर्षित गर्नुपर्ने सुझाए ।


राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न आफूले गरेका मुख्य प्रयासबारे जानकारी गरएका थिए । उनले आफू कार्यकारी पदमा नभएकाले निर्णायक कामका लागि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्ने खाँचो औंल्याए ।


कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष्य पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रिपाठी, टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष्य चिरञ्जीवी पोखेल, महासचिव सञ्जयकान्त सिग्देल, उपाध्यक्ष्य कृष्ण भण्डारी, रेबान पोखराका अध्यक्ष नरेश भट्टराई, टान पोखराका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकी अध्यक्ष हरेराम अधिकारी लगायतले अन्तर्राष्ट्रिय उडान छिटोभन्दा छिटो सञ्चालन गर्न सबैले सहयाग गर्नुपर्ने बताएका थिए । उनीहरु सबैले नेपाल सरकारलाई पोखराबाट छिटोभन्दा छिटो नियमित अन्तराष्ट्रिय उडान गर्ने नीति र वातावरण बनाउन आग्रह गरेका थिए ।


पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले राष्ट्रिय सभाअध्यक्ष तिम्सिना र हिमालय एयरलाइन्सलाई सकारात्मक प्रयासका लागि धन्यवाद दिएका थिए । उनले पोखरा र गण्डकी प्रदेशको तर्फबाट जस्तोसुकै पहल र प्रयास गर्न पनि तयार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्