पोखरामा बालिका र महिलालाई यौनधन्दामा लगाउने तीन जना पक्राउ
पाेखरा | पुस २१, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

