पोखरामा ८ जुवाडे १ लाख बढी नगदसहित प्रकाउ

पाेखरा | पुस २२, २०८०

पोखरामा ८ जुवाडे १ लाख बढी नगदसहित प्रकाउ

पोखरा:    पोखरा महानगरपालिका–१२  चापानीमा जुवातास खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ । पोखरा–१२ चायापानीस्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जना जुवाडेलाई शनिबार प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका ८ जना जुवाडेको साथबाट प्रहरीले १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ । 


प्रकाउ पर्नेमा पोखरा महानगरपालिका १० रामबहादुर बस्ने ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, फुलबारी बस्ने ५२ वर्षीय पूर्णिमा गुरुङ, दीप बस्ने ४६वर्षीय रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीय देवीबहादुर गुरुङ, फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, चायापानी बस्ने ५२ वर्षीय मैतकुमारी गुरुङ र मकवानपर हेटौडा स्थायी घर भई पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीय कृष्णमायाँ थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् । 


प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्