पोखरामा ७ जना पत्रकार पुरस्कृत
पाेखरा | माघ १२, २०८०
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा रहेर क्रियाशिल पत्रकारितामा निरन्तरता दिइरहेका ७ पत्रकारलाई पुरस्कृत गरेको छ ।
पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी रहेका छन् ।
उनीहरू मध्ये गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट न्यौपाने र २०८० बाट हमाल पुरस्कृत भएका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको थियो ।
आर्थिक पत्रकारिता पुरस्कार पत्रकार २०७८ टंकराज अधिकारी र २०७९ दीननाथ बराललाई अर्पण गरियो । यो पुरस्कारको राशी नगद बीस हजार रुपैयाँ रहेको थियो ।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई अर्पण गरियो । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ थियो । २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भइन् ।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...
काठमाडौं: विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाक...

