गण्डकी ढुवानी प्रालिकोे पदस्थापन

प्रदेश सरकारले यातायात नियमावली राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको हो: मन्त्री जुग्जाली

पाेखरा | माघ २१, २०८०

गण्डकी ढुवानी प्रालिकोे पदस्थापन

पोखरा:    गण्डकी ढुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आज (आइतबार) पदस्थापन गरिएको छ । 


नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रमाणपत्र वितरण गरे । यस्तै निर्वाचन समितिका संयोजक यामबहादुर खत्रीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।  


माघ १५ गते सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनमा मनोज रसाइलीले अध्यक्षका पत्यासी इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका थिए । भने, अन्य सञ्चालक समितिका सदस्यहरुमा भने सर्वसम्मत निर्वाचित भएका थिए । 


समितिको सदस्यहरुमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देवबहादुर थापा, विष्णु  थापा र केशव श्रेष्ठ सर्वनिर्वाचित भएका थिए । 


प्रदेश सरकारले यातायात नियावली राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको होः मन्त्री जुग्जाली


गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको बताएका छन् । 


गण्डकी ढुवानी प्रालिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले यातायात नियमावली राजपत्रमा प्रकाशित गर्ने क्रममा कर्मचारीले लेख्ने र मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र गरेको आरोप लाग्दै आएकाले मुख्यमन्त्रीसँगको छलफलपछि मात्र राजपत्रमा प्रकाशित गरेको बताएका हुन् । 


‘कुनै पनि नियावली राजपत्रमा प्रकाशित हुँदा कर्मचारीले लेख्ने मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र हो भन्ने आरोप लाग्दै आएको छ’, मन्त्री जुग्जालीले भने, ‘गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८०, राजपत्रमा प्रकाशित गर्नु अगाडि मुख्यमन्त्रीसँगको छलफल र अध्ययनपछि मात्र गत बिहीबार राजपत्रमा प्रकाशित गरेका हौं ।’


उनले कुनै पनि नियम,ऐन र कानून बनाउँदा कुनै व्यवसायीलाई विस्थापित गर्ने गरी निर्माण नहुने समेत बताए । 


‘हामी लोकतन्त्रमा छौं कुनै पनि कुरामा चित्त नबुझे लेख्न आलोचना गर्न पाउँछौं तर सबै कुराहरु बुझ्न आवश्यक छ’, उनले भने, ‘सरकारले नियम, ऐन र कानून बनाउँदा कुनै पनि व्यवसायीहरुलाई विस्थापित गर्ने गरी निर्माण गर्दैन यसमा व्यवसायीहरु ढुक्क हुनुहोला ।’


मन्त्री जुग्जालीले हिजोका दिनमा देखिएका समस्याहरु समाधान गर्दै आफुहरुलाई अगाडि बढेको बताए । ‘हिजो यातायात कार्यालयमा जाँदाको अवस्था र अहिलेको अवस्था हेर्नुहोला, प्रविधिसँग पनि हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘मन्त्रालयमा आएको करिव ९ महिना पुग्न लाग्यो, यातायात क्षेत्रमा तपाईहरुले २० औं वर्ष काम गर्नुभएको छ, तपाईहरु विज्ञ हुनुहुुन्छ तपाईहरु जस्तै व्यवसायीहरुसँग छलफल गरेर हामीले नियमावली बनाएका तयार गरेका हौं ।’


पदस्थापन कार्यक्रममा यातायात प्रालि राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्मा र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसी लगायतले मन्तव्य राखेका थिए । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्