व्यवसायीक उत्पादनको बजारीकरणका लागि पोखरा १४ ले महोत्सव गर्ने
वडा भित्रका उत्पादनलाई प्राथमिकता
पाेखरा | माघ २१, २०८०
पोखरा: पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ ।
पोखरा १४ को वडा कार्यालयमा आज (आइतबार) स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिएको हो ।
महोत्सववारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बोधराज कार्कीले वडामा उत्पादनमा भएका वस्तुहरुको व्यवसायीक बजारीकरण र वडालाई उत्पादनशील क्षेत्रमा जोड दिन महोत्सव आयोजना गरेको बताए ।
‘वडाको कुन टोलमा के उत्पादन हुन्छ, भन्ने जानकारी सबै वडाका टोलवासीलाई थाहा पाउनुपर्छ’,वडाध्यक्ष कार्कीले भने, ‘वडामा उत्पादन भएका कृषि जन्य वस्तु र उत्पादनशील वस्तुहरुको व्यवसायीक बजारीकरण गर्न महोत्सव आयोजना गरेका हौं ।’
दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडामा भएका सबै टोल तथा कृषक, उद्यमीहरुलाई निशुल्क रुपमा स्टल प्रदान गर्ने वडाध्यक्ष कार्कीले जानकारी दिए ।
‘हामीले विभिन्न टोल, कृषक तथा उद्यमीहरुलाई महोत्सवमा निशुल्क रुपमा स्टल उपलब्ध गराउँछौं, उनले भने, ‘महोत्सवमा टोल तथा कृषक उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, उत्पादन र व्यवसायीक बजारीकरण महोत्सव मुख्य उद्धेश्य हो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय लक्ष्मण कार्कीले महोत्सवमा स्थानीय वस्तु र स्थानीय कषकहरुले उत्पादन गरेका वस्तुहरुलाई प्राथमिकता दिन माग गरे । स्थानीय जीवनकुमारी बराल, शान्ता देवकोटा, राजु थापा लगायतले वडा भित्र नै उत्पादन गरेका विभिन्न किसिमका हस्तकलादेखि उत्पादनहरुले महोत्सवमा प्रर्दशनसँगै व्यवसायीक रुपमा थप हौसला प्रदान गर्ने बताएका छन् ।
स्थानीयहरुले अन्तरक्रिया कार्यक्रममा वडाले विभिन्न शिर्षकमा दिने अनुदान र बजेट वास्तविक कृषक, उद्यमीसम्म पुग्यो कि पुगेन भन्ने विषयले प्राथमिकता पाउने उल्लेख गरेका छन् । स्थानीयहरुले वडाका उत्पादन र कला संस्कृतिलाई महोत्सवमा स्थान दिन माग गरेका छन् ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले खेलकुद, कला, संस्कृतिलाई समेत महोत्सवमा जोड्न सुझाव दिएका छन् ।
पोखरा महानगपालिका १४ का वडाध्यक्ष कार्कीले महोत्सव सञ्चालन गर्न करिव २१ लाख रुपैयाँ लाग्ने अनुमान रहेको बताए । दुईदिनसम्म पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने महोत्सवमा वडामा उत्पादनका भएका कृषि जन्य वस्तु, सामाग्री, विभिन्न टोल समुहको झाँकी ¥याली लगायत कलाकारहरुको प्रस्तुती रहेने वडा कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

