तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी
प्रशिक्षक शम्भु केसी सम्मानित
पाेखरा | माघ २१, २०८०
 
                                
                            पोखरा: बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ ।
पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । 
निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 
त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्यसको संरक्षण गर्न आग्रह गरे । टुडिखेलको जग्गा विविध हिसाबले सानो भइरहँदा त्यहाँ हुने प्रतियोगिताका कारण हालसम्म जग्गा संरक्षण हुन सकेको उनको भनाई थियो । 
उनका अनुसार हाल रहेको वडा प्रहरी कार्यालयलाई स्थानान्तरण गरेर टुडिखेलको जग्गा बढाइने छ । ‘यहाँको प्रहरी चौकीलाई हामीले गाई घाटमा लैजाने तयारी थालेका छौ । अब टुडिखेलको आफ्नै साइज हुनेछ । यो अभियान हामीले सुरु गरिसकेका छौं । यो मैदानमा उघिल्लो पटक यहि प्रतियोगिताको समयमा आउँदा निकै धुलो थियो त्यसैले धुलो नउड्ने बनाउँछु भनेका थियौं र दुबो रोपियो’ उनले भने, ‘अहिले अलि संरक्षण नभएर पुरै सुकेछ आशा छ आगामी वर्ष यस्तो हुनेछैन महानगरको १५ लाख रुपैयाँ बजेट छ ।’
बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले यस ४० वर्षमाथि उमेर समूहको मात्रै प्रतियोगिता हुनेगरेपनि हाल तीन विधामा प्रतियोगिता भएको सुनाए । बगर भाइ खलकले दिनको एक घण्टा व्यायम भन्ने अभियान चलाएको र उक्त अभियानलाई सघाउन सबैलाई अनुरोध गरे । 
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भेट्रानको फुटबल पोखरा रंगशालामा गराएमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय पोखराको खेलकुद विकास शुन्य भएकाले यसतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले भेट्रान फुटबलको उदेश्य उत्कृष्ट रहेको सुनाए । भेट्रान खेलाडी खेलेर बचत रकम ग्रासरुटमा खर्चिदा नयाँ खेलाडी उत्पादन हुनेमा आफु आशावादी रहेको सुनाए ।  
यस्तै नेपाली फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मान गरिएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक केसीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।  
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । 
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ । 
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                            