पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ

पाेखरा | माघ २१, २०८०

पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ

पोखरा:      जिल्ला प्रहरी कार्यालय कास्कीले पावरहाउसबाट २ जना युवालाई लागूऔषधसहित प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले शनिबार पोखरा ३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा २ जना युवालाई प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० खुदी बस्ने २२ वर्षीय पुकार छतकुल्ली र पोखरा–१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जनाएको छ । 


उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्