पोखरामा अवैध ६ केजी सुन, ६२ लाख नगदसहित भारतीय नागरिक प्रकाउ

पाेखरा | फागुन १, २०८०

पोखरामा अवैध ६ केजी सुन, ६२ लाख नगदसहित भारतीय नागरिक प्रकाउ

पोखरा:       जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अवैध सुनचाँदी,नगदसहित भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पोखराबाट प्रहरीले आज (मंगलबार) भारतीय नागरिक सुरजित भौमिकलाई अवैध सुनचाँदी र नगदसहित प्रकाउ गरेको हो । 

प्रहरीले भारतको पश्चिम बंगाल घर भएका ४० वर्षीय भौमिकलाई अवैध सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९ सय ९९ ग्राम एक ढिका (विस्कुट) र ५० ग्रामको १ ढिका(विस्कुट) , , ६ किलो चाँदी र ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकहरुको चेक १३ थान, आधार कार्ड १ थान, मोवाईल १ थान, डायरी १ थानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । 


अवैध सुनचाँदी र नगदसहित प्रकाउ परेका भारतीय नागरिक भौमिकलाई भोलि (बुधबार) थप अनुसन्धानका लागि राजस्व विभाग ललितपुर पठाइने कास्की प्रहरीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्