आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै
काठमाडाैं | फागुन २, २०८०
काठमाडौं: आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।
आज काठमाडौंको हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गरिँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारा, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो छ । यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

