मगर दिवस: पोखराको सडकमा घन्कियो ‘कान राहा र झाभुरा’ (तस्बिरहरु)
पाेखरा | फागुन १५, २०८०

पोखरा: ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा एकताको आज देशभरबाट दिइयो ।
सो अवसरमा पोखरामा पनि मानव अधिकार चोकमा मगरहरु भेला भएर सभागृह हलमा पुगेर भव्य कार्यक्रम आयोजना गर्दै यसपटकको ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो ।
नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगरहरुको जभघट भयो ।
मानव अधिकार चोकबाट सुरु र्यालीमा मगर समुदायको निकै लोकप्रिय र प्रचलित भाकाहरु घन्किए ।
तनहुँ, स्याङ्जा तथा पाल्पा जिल्लामा प्रचलित कौडा (कान राहा, हामी आयौ) झाब्रे सालैजो(झा भुरा, धुलो उड्यो) पुन मगरहरुको मौलिक नाच सडकमै प्रस्तुत भए । यस्तै मारुनी, ठाडो भाका, चुट्का र्यालीमा घन्कियो । जहाँ मिस मगर नेपाल लगायतकोसमेत सहभागिता रहेको थियो ।
हेर्नुहोस् सुनगाभा न्यूजको लेन्समा कैद तस्बिरहरु:-
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...