बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

पाेखरा | फागुन २२, २०८०

बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ ।


प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेवारी दिएको हो ।


परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ र ऋषीराम गौतमलाई अनुगमन समितिको सदस्यमा तोकेको छ । त्यसै गरी पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य बसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृती भण्डारीलाई संयोजक तोकेको छ ।


क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषीराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा बिनय थापालाई जिम्मेवारी दिएको छ ।


प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् ।


सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ ।


त्यसै गरी भलिबल महिला तथा पुरुष र बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुनेछ भने महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ ।


सदस्य सचिब शर्माले सबै खेलका लागि खेलाडी छनौट गर्न परिषद र सम्बन्धित खेल संघ मार्फत खुल्ला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तिमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए । 


 छनौटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यहरुलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए । बजेटको सिमिततालाई ध्यानमा राख्दै छनौट कार्यक्रम गरेको बताउँदै उनले सिमित श्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नु पर्ने उनको भनाई थियो ।  


बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिव २ सय ५० खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु चितवन र फुटबल खेल भने हेटौडामा हुने भएको छ । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्