हरियोखर्क अस्पतालमा आधारभूत कुष्ठरोग तालिम
पाेखरा | फागुन २४, २०८०

पोखरा: हरियोखर्क अस्पतालमा ३ दिने आधारभूत कुष्ठरोग तालिम प्रदान गरिएको छ ।
सामुदायिक आउट रिच परियोजना हरियोखर्क अस्पताल आइ एनएफ नेपाल र स्वास्थ्य कार्यलय कास्कीको आयोजनामा कार्यक्रम भएको परियोजनाका आउट रिच म्यानेजर ताराहाङ तावाले जानकारी दिए।
समुदायका कुष्ठरोग पत्ता लागाउने,उपचार गर्ने,अपाङ्गता हुनबाट बचाउने र समयै उपचार गराउन स्वस्थ्यकर्मिहरुलाई सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको तावाले बताए ।
फागुन २२ बाट २४ गते सम्म आयोजना भएको तालिमा क्षयकुष्ट फोकल पर्सनहरु कास्की जिल्लाका २० ,कपिलवस्तुका ५ र हरियोखर्क अस्पतालका ७ जनाको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले तालिमले स्वास्थ्कर्मीहरुलाई समुदायमा क्षय,कुष्ठरोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्न उनको आग्रह थियो ।
तालिम सहजकर्ताहरु कास्की जिल्लाका क्षयकुष्ठ अधिकृत लक्ष्मण बस्यौला,आइ एनफए हरियोखर्कका डा.सुमन तामाङ्ग,स्वास्थ्य तालिम केन्द्र गण्डकीका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारी,छाला रोग बिशेषज्ञ डा.नम्रता बस्नेत,प्रकाश कार्की,रमेश शर्मा,सुरज महर्जन,शारदा रानाभाट,फिजियो थेरापिष्ट सुरविर सुर्यवस्ती,प्रेम बस्याल,काउनसिलर रुथ परियार,अकुपेशन थेरापिष्ट दोरोथी दास लगाएत रहेका थिए ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...