अर्थमन्त्री लाइनमा आएपछि प्रदेशको मन्त्रीमण्डल हेरफेर हुनबाट जोगियो
काठमाडाैं | असार १६, २०७९
पाेखराः असार १ गते गण्डकी प्रदेशको बजेट सार्वजनिक गरेपछि गठबन्धनबाटै आलोचित भएका अर्थमन्त्री रामजी बराललाई मन्त्रीबाटै हटाउने योजना बनाइएपनि अहिले उक्त संकट टरेको छ ।
बजेटमा मन्त्रीपरिषद्बाट पारित भएको योजनामात्रै हैन मुख्यमन्त्रीको योजनासमेत बाइपास भएको भन्दै नेपाली कांग्रेसबाट विरोध भइरहेको छ । त्यस्तै, प्रतिपक्ष दल नेकपा एमालेले पत्रकार सम्मेलननै गरेर प्रदेश सरकारले हालसम्म पनि बजेटबारे छलफल नचलाएकोमा रोष प्रकट गरेको छ ।
बजेटकै विषयमा खेलकुद मन्त्री राजीव गुरुङले अर्थमन्त्री बराललाई बेइमानीको संज्ञासमेत दिए । गठबन्धनका सहयात्रीमात्र नभएर आफ्नै पार्टीबाट पनि मन्त्री बरालमाथि आलोचना भएको छ ।
मन्त्रीपरिषद्बाट पारित भएको बजेटको साटो आफ्नो गोजीबाट बजेट प्रस्तुत भएको भनि मुख्यमन्त्रीले टिप्पणी गरेपछि कांग्रेस र माओवादीबीच बिग्रिएको सम्बन्धले हाल प्रदेश सभाको बंठक डाक्ने माहौलसमेत बन्न सकेको छैन ।
यस्तै बिग्रदो परिस्थितिबीच सरकारले मन्त्री नै हेरफेर गर्ने तयारी थालेको सुइँको पाएपछि अर्थमन्त्रीले गल्ती स्वीकार्दै बजेटबारे पुनः गृहकार्य गर्ने बताएका छन् । मन्त्रालय स्रोतकाअनुसार अर्थमन्त्री फाल्ने सहमति भएपछि बरालले बजेटको समीक्षा गरेर मन्त्रीपरिषद्को सल्लाह अनुसार चल्न राजी भएका हुन् ।
माओवादीबाट पनि गठबन्धनको सरकार भएकाले ‘सबैको कुरा सुन्नुपर्ने’ भन्दै मन्त्री बराललाई हटाउन ग्रीन सिग्नल दिइएको थियो । तर बुधबार अर्थमन्त्री बरालले मन्त्रीपरिषद्बाट पारित बजेटलाई समेटेर सभामा छलफल चलाउन राजी भएका छन् ।
‘उहाँ (अर्थमन्त्री) गठबन्धनको प्रमुख दलसँग मन्त्रीपरिषद्ले तयार पारेको योजना अनुसार बजेटलाई समेट्न तयार भएपछि हाललाई मन्त्रीमण्डल पूनःगठनको अध्याय सकिएको छ’ मन्त्रालय स्रोतले भनेको छ ।
स्रोतका अनुसार हिजो पनि अर्थमन्त्रीले अटेर गरेको भए आज मन्त्रीमण्डल हेरफेर हुने प्रबल सम्भावना थियो । हाललाई संकट टरेपछि गण्डकी सरकारले सकेसम्म आगामी आइतबार अन्यथा सोमबार बजेटबारे छलफल गर्न प्रदेश सभा डाक्ने भएको छ ।
बजेट सार्वजनिक गरेलगत्तै मुख्यमन्त्रीले बराललाई डाकेर स्पष्टीकरण सोधेका थिए । त्यतिबेला पनि बरालले माफी मागेको बताइएको छ ।
अर्थमन्त्री बरालले असार १ गते आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

