प्रश्नै–प्रश्नः हामीले काम गरेर खान किन नपाउने ?
काठमाडाैं | बैशाख ८, २०७९
मिना सुनार (सडक व्यापारी)
पोखरा बजारको मुख्य चोकहरुमा विभिन्न उमेरसमुहका महिलाहरु आफ्नो रोजीरोटी गरिरहेको हुन्छन् । कोही चटपट बेचिहरेका हुन्छन् । कोही डोकोमा फलफुल बेचिरहेका हुन्छन् । भने कोही तरकारी बेचिरहेका हुन्छन् । तर पनि उनीहरु खुलेआम बेच्न भने पाउँदैनन् । पोखरा महानगरपालिकाको नगर प्रहरीको नजर बाहिर रहेर सामान बेच्नुपर्ने बाध्यता छ ।
पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन बस्ने मिना सुनार पोखरा १० पृथ्वीचोक आसपासमा डोकोमा फलफुल बेच्ने गर्छिन् । प्रस्तुत छ, मिना सुनारले सुनगाभा न्यूजसँग कुरा गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई गरेकोे प्रश्न जस्ताको तस्तैः
– हामीले चोरेर खाएको होईन, ढाँटेर खाएको होईन, कि विकल्प खोजीदिनुप¥यो होइन भने बेच्न चाँही किन नपाउने
– पसिना बगाएर पेट भर्न दुखः गर्दा नगरप्रहरीसँग कहिलेसम्म भाग्नुपर्ने ?
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

