कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: सेमिफाइनल समिकरण पूरा
पाेखरा | चैत ८, २०८०

पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे ।
अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन मेमोरियललाई ४–१ गोलले पराजित ग¥यो । गार्डेन ‘ए’ को जीतमा उत्कृष्ट प्रर्दशन गरेका बिनोद गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा लेकसाइड पहेंलोले एट टु नाइनलाई ३–० गोेलले पराजित ग¥यो । लेकसाइड पहेंलोको जीतमा उत्कृष्ट प्रर्दशन गरेका गोविन्द थापा म्यान अफ द म्याच बने ।
पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...