पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्युजिक फेष्टिवल’ गर्दै
पाेखरा | चैत ८, २०८०
पोखरा: रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्युजिक फेष्टिवल–२०८०’ हुने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आइतबार पोखराको लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्युजिक फेष्टिवल गर्न लागेको हो ।
२०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्युजिक फेष्टिवल हो ।
कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ ।
प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्युजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
कार्यक्रममा देउराली व्याण्डका आनन्द बज्राचार्य, विनोद बानिया, पखेरी व्याण्डका ईन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना र रोहनजंग कार्कीले प्रस्तुती दिने उनले बताए ।
कार्यक्रमको अन्त्यमा डिजे भिटिजे बिजयले डिजेईङको मज्जा चखाउँदै समापन गर्ने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
टुबोर्गको मुख्य प्रायोजक र सिग्नेचर सहप्रायोजक रहेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ ।
राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्युको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष गुरुङले बताए । उनले कला संगीतको विकास अनि संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सघाउने बताए ।
संघका सचिव तथा कार्यक्रम संयोजक भाष्करध्वज श्रेष्ठले फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको बताए ।
उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सघाउनु कार्यक्रमको उद्देश्य हो । कलाकारहरु माग्न जान्दैनन् ।
अवस्था जतिसुकै दयनीय भएपनि सहयोगका लागि हात फैलाउँदैनन् । तर अवस्था नाजुक भने हुन्छ त्यसैले ती सबै कलाकारको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

