कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: सेमिफाइनल समिकरण पूरा
पाेखरा | चैत ८, २०८०
पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे ।
अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन मेमोरियललाई ४–१ गोलले पराजित ग¥यो । गार्डेन ‘ए’ को जीतमा उत्कृष्ट प्रर्दशन गरेका बिनोद गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा लेकसाइड पहेंलोले एट टु नाइनलाई ३–० गोेलले पराजित ग¥यो । लेकसाइड पहेंलोको जीतमा उत्कृष्ट प्रर्दशन गरेका गोविन्द थापा म्यान अफ द म्याच बने ।
पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

