पहिरोले बेशीसहर-चामे सडक अवरुद्ध
लमजुङ | चैत १८, २०८०

लमजुङ: पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध भएको छ।
लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङदी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।
पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
काठमाडौं: उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार ...
पोखरा: पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिब...
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए ।...