रेडियो अन्नपूर्णको रक्तदानमा २ सय ७ युनिट रगत संकलन
पाेखरा | चैत १८, २०८०
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रबाट २ सय ७ युनिट रगत संकलन भएको छ ।
नयाँ रक्तदातालाई रक्तदान प्रति पे्ररित गर्ने उद्देश्यर्ले स्वास्थ्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजना गरेको २२ औं संस्करणको रक्तदानबाट २ सय ७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।
कार्यक्रममा नयाँ रक्तदाताको उल्लेखनीय सहभागिता रहेको थियो । ८० जना नयाँ रक्तदाता, १ सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका छन् । रेडियोले आफ्नो स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता विजया सापकोटालाई संयुक्त रुपमा ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रजापतिले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गरे ।
रेडियोका अध्यक्ष पालिखेले रेडियोले वार्षिक रुपमा रक्तदान गर्दै आइरहेको र यसलाई निरन्तरता दिइरहने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

