लेकसाइडमा ‘फेवा नववर्ष महोत्सव’ सुरु (तस्बिरहरु)

पाेखरा | चैत २९, २०८०

लेकसाइडमा ‘फेवा नववर्ष महोत्सव’ सुरु (तस्बिरहरु)

पोखरा:   नेपाली नयाँ वर्ष २०८१ सालको स्वागतार्थ पोखराको लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव आजदेखि सुरु भएको छ ।

 

होटल संघ पोखराको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।

 

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।

 

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित सो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास लिएको छ ।

 

पोखराको खहरेचोकदेखि र ड्यामसाइडचोकदेखि र्याली आयोजना भएको थियो ।

 

सो र्यालीमा विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी, बाजागाजासहित नृत्यहरु प्रस्तुत गरिएको थियो ।

 

महोत्सव अवधिभर होटल संघ पोखरामा आवद्ध होटलहरुमा पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । महोत्सवलाई करिब ३ लाख पर्यटकले अवलोकन गर्ने जनाएको छ ।

 

तस्बिर: अर्जुन गाहा (सुशान्त)

 

 

 

 

 

 

 

 

 

 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्