पर्सा लैजादै गर्दा १ सय ५० किलो गाँजासहित ७ जना पक्राउ
मकवानपुर | बैशाख ६, २०८१
मकवानपुर: मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापामगर रहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गर्दा फेला पारेर जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीटोलीलाई बुझाइएको थियो ।
सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

