पोखरामा खुल्यो ‘कस्मिक कम्प्युटिङ एकेडेमी’

कम्प्युटर सम्बन्धि सबै तालिम प्रदान गरिने

पाेखरा | बैशाख ६, २०८१

पोखरामा खुल्यो ‘कस्मिक कम्प्युटिङ एकेडेमी’

पोखरा:  न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ ।

 

१० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित समाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुसनले आफ्नो क्षेत्र बिस्तार गर्दै अब कम्प्युटर सम्बन्धि सबै तालिम प्रदान गर्ने उद्देश्यसहित एकेडेमीसञ्चालनमा ल्याएको हो ।

 

सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ ।

 

कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ ।

 

सञ्चालक कुँवरले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए ।

 

युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने कुँवरको विश्वास छ ।

 

‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिनेछ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ,’ सञ्चालक कुँवरले भने ।


अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स एकेडेमीमा सञ्चालन हुने कुँवरले बताए ।

 

‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन्,’ कुँवरले भने ।
 

एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको पोखराका लागि आधिकारिक विक्रेता कस्मिकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप पोखरामा उपलब्ध गराइरहेको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्